एमालेकी निवर्तमान सांसद सम्झना थपलिया रास्वपामा प्रवेश
काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् । सिराहाको गोलबजारमा आयोजित विशेष कार्यक्रममा थपलियासहित नेकपा एमालेका केही नेता तथा कार्यकर्ता रास्वपामा समाहित भएका हुन् । उनीहरूलाई रास्वपाका नेता तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए । थपलिया २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा...