रत्नपार्क सूर्यविनायक ‘द्रुत बस सेवा’ सुरु
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा सुरु गरेको छ । आज संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा एक कार्यक्रमको आयोजना गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् । द्रुत बस सेवाका बस भोलिदेखि सर्वसाधारण यात्रुको सेवामा रत्नपार्क सूर्यविनायक रुटमा चल्ने छन् । उदघाटनको...