मुलुकले बालेनलाई नयाँ प्रधानमन्त्रीको रुपमा पाउँदै
काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्रीको रुपमा ३६ वर्षीय बालेन्द्र शाह (बालेन) पाउँदैछ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री पदको शपथ गराउनेछन् । शपथ ग्रहण समारोह दिउँसो १२ः३४ बजेका लागि तय भएको छ भने बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली...