बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने
काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ । साउन १५ गते दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने बताइएको छ । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा गत...