राष्ट्रपति पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट पार्कको शिष्टाचार भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेट गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेका थिए । भेटमा पार्कले नेपालमा सञ्चालन गर्न सकिने फयाक्ट्री, सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाली विद्यार्थीहरूलाई उच्चस्तरको सूचना...