प्रचण्ड–नेपाल र जसपा नेताहरुबिच पेरिसडाँडामा भेटवार्ता
काठमाडौँ – सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेसँगै दलहरूबीच छलफल तीव्र बनेको छ । नेकपाको प्रचण्ड–नेपाल समूहले नै विभिन्न राजनीतिक दलहरूसँग छलफल र संवाद अघि बढाइरहेको छ । यसैबीच जनता समाजवादी पार्टी (जसपा)का नेताहरू प्रचण्ड–नेपाल समूहका नेताहरूलाई भेट्न भर्खरै पेरिसडाँडा पुगेका छन् । जसपा नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका...