पाताल प्रवास नियात्रा: शब्दमै चित्र
पातालमै बसेर ‘पाताल प्रवास’ पढिसकें । उहिले स्कूले जीवनमै ‘घनघस्याको उकालो काट्दा’ भन्ने नियात्रा पढिएको थियो तारानाथ शर्माको । शब्दमै चित्र भर्न सक्ने, भावको भुँवरी सिर्जना गर्न सक्ने, विचारको प्रवाहमा बग्न र बगाउन सक्ने क्षमताका मालिक शर्माको शाब्दिक जादुको स्वाद पाताल प्रवासमा पनि उत्तिकै घनत्वमा घनीभूत भएको छ । क्षितिज फैलाउने उकुसमुकुस शीर्षकमा नेपालबाट विद्यावारिधीका...