“विश्व आत्महत्या रोकथाम दिवस” को अवसरमा पाँचथरमा सचेतनामूलक कार्यक्रम सम्पन्न
विराटनगर । “विश्व आत्महत्या रोकथाम दिवस” को अवसरमा पाँचथरमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लाको फिदिम नगरपालिका वडा नं. ४ गढीस्थित श्री गढी माध्यमिक विद्यालयमा आइतबार कार्यक्रम सम्पन्न गरिएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत छात्र/छात्रा, शिक्षक/शिक्षिकाहरु समेतको...