संयुक्त चुनाव चिन्ह ‘बस’ लिएर तीन दलका अध्यक्ष एकै मञ्चमा
काठमाडौं । लुम्बिनी प्रदेशमा बहुजन, पिछडा, मुस्लिम तथा आदिवासी जनजाति समुदायको एकता सुदृढ गर्ने उद्देश्यसहित तीन राजनीतिक दलका शीर्ष नेताहरू संयुक्त रूपमा चुनावी अभियानमा सक्रिय भएका छन् । नेपाल सङ्घीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री रिजवान अन्सारी, बहुजन एकता पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दन अम्बेडकर र तथा नेपाल जनजागृति पार्टीका अध्यक्ष डा. ध्रुवलाल निषादले...