कांग्रेसका कारण मन्त्रिपरिषद अपूर्ण, प्रचण्डलाई अझै चार मन्त्रालयको भारी
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अझै अपूर्ण छ । मन्त्रिरिषदले पूर्णता नपाउँदा सरकारका नियमित काम कारवाही प्रभावित भइरहेको छ । यसको मुख्य कारण भने सत्ता साझेदार मध्येको मुख्य दल नेपाली कांग्रेस नै हो । कांग्रेसभित्र गुटगत विवादले चार जनाको मन्त्रीको नाम प्रधानमन्त्रीकहाँ पुगेको छैन । सरकारमा आठ मन्त्री पाएको कांग्रेसले मन्त्री बन्नका लागि...