‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउदै नेपाली काँग्रेस
काठमाडौं । नेपाली कांग्रेसले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने र ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कार्ययोजना अघि सारेको छ । मंगलबारदेखि सुरू भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन् ।...