इटहरी उपमहानगरपालीका– २० मा नेपाली काँग्रेसको प्यानल विजयी
इटहरी । इटहरी उपमहानगरपालीकाको वडा नम्बर–२० मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । काँग्रेसका मणिराम श्रेष्ठ ११ सय ८६ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका राजकुमार राईले ७८६ मत ल्याएका छन् ।