माओवादी केन्द्रले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने भएको छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनमा इलाम–२ र बझाङ–१ (क) मा माओवादीले आफ्नै उम्मेदवार उठाउन लागेको हो । इलाम–२ को उम्मेदवारमा माओवादीबाट धिरेन शर्मा, कान्छा लावती र ओमबहादुर गुरुङको नाम सिफारिस भएको छ । सत्तारुढ गठबन्धन दलहरु...