एमालेको मध्यपहाडी लोकमार्ग यात्रा आजदेखि
काठमाडौं। नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्रा आजदेखि सुरु हुँदैछ । एमालेले तयार गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ नामक पश्चिम झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा गर्न लागेको हो । उक्त यात्राको उद्घाटन आज एमाले अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको केन्द्रविन्दु बैतडीको झुलाघाटमा गर्ने छन् । सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको...