धरान उपमहानगरपालिकाको मेयरमा हर्कराज राई विजयी
सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् । राई निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार...