तीनकुने घटनामा संलग्न सन्तोष राजावादी पक्राउ
काठमाडौं । तीनकुने घटनामा संलग्न थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १५ गते तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा सहभागी सन्तोष राजावादी भनेर चिनिने ३४ वर्षीय सन्तोष कुमार सिलवाललाई मध्यराति कोटेश्वरको महादेवस्थानबाट प्रहरीले पक्राउ गरेको हो । सिलवाललाई पक्राउ गरी अहिले काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । ‘राजसंस्था पुनस्थापनाका लागि...