जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक
काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक आगामी शुक्रबार (जेठ १२ गते) का लागि बोलाएको हो । काठमाडौंमा हुने उक्त बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको नीति तथा कार्यक्रम लगायतका विषयकेन्द्रित छलफल हुने बताइएको छ। बैठकमा संघ र प्रदेश सरकारको समीक्षा गर्ने पनि बताइएको छ। जनमतले पार्टीबाट बनेका मन्त्री, संघीय तथा प्रदेश...