प्रदेश सरकार खेतमा चरा धपाउन राखेको बुख्याँचा जस्तो: मन्त्री श्रेष्ठ
गाँजालाई नियमन र कोदोको तीनपानेलाई ‘ब्रान्डिङ’ गरे अर्थतन्त्रमा नयाँ आयाम आउन सक्छ । -मन्त्री गंगानारायण श्रेष्ठ काभ्रे । बागमती प्रदेशका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकार खेतमा चरा धपाउन राखेको बुख्याँचा जस्तो भएको टिप्पणी गरे । शनिबार धुलिखेलमा प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले प्रदेश स्वयत्त...