स्कूल र युनिभर्सिटी: प्रश्न गर्ने नागरिक कि आज्ञाकारी कर्मचारी उत्पादन गर्ने कारखाना?
आधुनिक शिक्षा प्रणाली, जहाँ डिग्रीले सोच्ने क्षमता खोस्छ र प्रमाणपत्रले वफादारिताको प्रमाण दिन्छ— पाउलो फ्रेयरको ‘पेडागोजी अफ दि अप्रेस्ड’ को एउटा तीतो विमर्श यहाँ प्र्रस्तुत छ। विमर्शको मूख्य सवाल हो —हामीले विद्यालय र विश्वविद्यालयबाट प्रमाणपत्र त लिएर निस्कियौं, तर के हामीले सोच्ने र प्रश्न गर्ने क्षमता पनि साथै ल्यायौँ? कि हामी केवल एउटा यस्तो प्रणालीका...