काठमाडौं महानगरले लगायो एमालेलाई एक लाख जरिवाना
काठमाडौं । जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराउने भएको छ । शुक्रबार (मंसिर ७ गते) ‘काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित खुला सडकमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको ठहर गर्दै महानगरले जरिवाना तिर्न एमालेलाई भनेको हो । नगर प्रहरी निरीक्षक...