सौर्य जहाज दुर्घटनाको छ महिना: न्यायका लागि नेपाल पत्रकार महासंघले खवरदारी गर्ने
काठमाडौं । सौर्य जहाज दुर्घटनाका पीडित परिवारको न्यायका लागि नेपाल पत्रकार महासंघले खवरदारी गर्ने भएको छ । दुर्घटनाको छैटौँ मासिकको पुण्यतिथि (६ महिना)मा बुधबार आयोजित ‘सौर्य जहाजः दुर्घटना कि अपराध’ विषयक अन्तरक्रिया कार्यक्रममा महासंघले पीडितको पक्षमा खवरदारी गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको सहयोगमा म्याप मेमोरियल सोसाईटीले महासंघकै सभाहलमा आयोजना...