पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको हल्ला मात्र, त्यसमा सत्यता छैन माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको बताएका छन् । पार्टी मुख्यालय आलोकनगरमा मङ्गलबार बसेको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी फुट्ने हल्ला हल्ला मात्र भएको बताएका हुन् । अध्यक्ष नेपालले नेता कार्यकर्तालाई हल्लै हल्लाको पछि नलागी पार्टी संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन् ।उनले...