डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई एलन मस्कको १० अर्ब बढी सहयोग
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये एक एलन मस्कले तीन महिनामा डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन डलर (१० अर्ब रुपैयाँभन्दा बढी) दिएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई सघाउने उद्देश्यले उनले उक्त रकम दिएका हुन् । अमेरिकी सरकारी अनुसन्धानबाट यो तथ्य बाहिर आएको हो ।...