चीनमा कोइला खानीमा दुर्घटना हुदाँ सात जनाको मृत्यु
चीनमा कोइला खानीमा दुर्घटना हुदाँ सात जनाको मृत्यु भएको छ । बुधबारको दक्षिणपश्चिम सिचुआन प्रान्तस्थित खानीमा दुर्घटना भएको स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार घटनामा एक जना फसेका छन् । सिसिटिभीका अनुसार दुर्घटना सिचुआन प्रान्तको लेसान सहरको कोइला खानीमा कामदारले भेन्टिलेसनबाट हावा पठाउन काम गरिरहेका समय बिहान १० बजे भएको थियो ।...