July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

युभेन्टस कोपा इटालिया कपको फाइनलमा

505

काठमाडौं : युभेन्टस कोपा इटालिया कपको फाइनलमा पुगेको छ। गएराति भएको सेमिफाइनलको दोस्रो लिगमा इन्टर मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि युभेन्टस पहिलो लिगको २१ को अग्रताको आधारमा प्रतियोगिताको फाइनलमा पुगेको हो।

दोस्रो लिगमा दुवै टिम गोल गर्न असफल भएपछि खेल गोलरहित बराबरीमा सकिएको थियो। यस अघि सम्पन्न पहिलो लिगमा युभेन्टस २-१ ले विजयी भएको थियो। अब युभेन्टस कोपा इटालियाको फाइनलमा नापोली या एटलान्टाविरुद्ध खेल्ने छ। पहिलो लिगमा गोलरहित बराबरीमा रहेका नापोली र एटलान्टा दोस्रो लिगको खेल आजराती खेल्दै छन्।​

कोपा इटालियाको फाइनल खेल भने आगामी मे १९ मा हुने छ।