July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

बायर्नलाई १० अंकको अग्रता

420

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले साँघुरो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बायर्नले हेर्था बर्लिनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको जितमा किन्सले कोम्यानले निर्णायक गोल गरे । उनले खेलको २१ औं मिनेटमा गोल गरेका थिए । त्यसअघि १२ औं मिनेटमा बायर्नका रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेका थिए । हेर्थाविरुद्धको साँघुरो जितसंगै बायर्नले लिगमा १० अंकको अग्रता बनाएको छ ।

बायर्नले २० खेलमा ४८ अंक जोडेको छ । दोस्रो स्थानको आरबी लाइपजिगको ३८ अंक रहेको छ । हेर्था १७ अंक जोडेर लिगको १५ औं स्थानमा रहेको छ ।