January 27, 2022, Thursday
२०७८ माघ १४
1:37:26 pm

रियल मड्रिडलाई पराजित गर्दै विल्बाओ सुपर कपको फाइनलमा

530

एजेन्सी: साविकको विजेता रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाट बाहिरीएको छ । गएराति भएको खेलमा एथ्लेटिको विल्बाओले २–१ गोल अन्तरले हराएको थियो । फाइनलमा विल्बाओले बार्सिलोनासँग उपाधिका लागि भिड्ने भएको छ ।

विल्बाओबो जितमा राहुल गार्सियाले दुई गोल गरे भने पराजित मड्रिडका करिम बेञ्जमाले सान्त्वना गोल फर्काए । राहुलले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने खेलको ३८औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए ।

रियलले खेलको ७३औँ मिनेटमा फर्वाड करिम बेञ्जमाको गोलबाट खेलमा फर्किने कोशिश गरेपनि त्यो पर्याप्त भएन । बार्सिलोनाले बुधबार राति रियल सोसिडाडलाई सडन डेथमा ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल आइतबार सेभिल्लामा हुनेछ ।

Advertisement