June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका बुढामगरको सफल सगरमाथा आरोहण

465

काठमाडौं । घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका रोल्पाका हरि बुढामगरले सर्वोच्व शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । बुढामगरले कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहयोगमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

पूर्वगोरखा सैनिकसमेत रहेका बुढामगर चैत २२ गते सगरमाथा आरोहणका लागि काठमाडौँबाट आधार शिविरतर्फ लागेका थिए । उनले शुव्रmबार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गरेका हुन् । यससँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएका पहिलो आरोहीका रूपमा विश्व कीर्तिमान कायम गरेका छन् । पर्यटन विभागका अनुसार घुँडामुनि खुट्टा नभएका भने उनी तेस्रो आरोही हुन् । यसअघि चिनियाँ पर्वतारोही सिया बोयू र न्युजिल्यान्डका मार्क इङ्ग्लिसले तिब्बती मोहडाबाट सगरमाथाको आरोहण गरेका थिए ।

तत्कालीन रोल्पा निरुल गाविस हालको थवाङ गाउँपालिकामा जन्मिउक्ँ बुढामगर १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका थिए । उनले सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए ।

Advertisement

स्की, कायाकिङ, ह्वीलचेयर टेबल टेनिस, आर्चरी, इम्पिटि फुलबल, सिटिङ भलिबल लगायतका विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा समेत विजय प्राप्त गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलिसकेका उनी कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने र आधार शिविरबाट ‘स्काई ड्राइभिङ’ गर्ने पहिलो व्यक्तिसमेत हुन् । उनले चार जना सहयोगीको मद्दतमा आरोहण पूरा गरेका हुन् ।

बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण पुरा गरिसकेका छन् ।