March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

नेपालको अपराजित यात्रा कायमै

२०७९ फाल्गुन १६

1.3K

काठमाडौं । यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा नेपालले लगातार चौथो खेलमा जित हात पारेको छ । 

चौथो जित हात पार्ने क्रममा नेपालले यूएईस्थित मलेका क्रिकेट मैदानमा मंगलबार भएको खेलमा मलेसियालाई पराजित गरेको हो । नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो । 

मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा कुनै विकेट नगुमाई पूरा गर्यो ।  नेपालका लागि दुवै ओपनर अविजित रहे । ओपनर दिपक बोहोरा ३८ रनमा अविजित रहँदा अर्का ओपनर अर्जुन कुमाल २१ रनमा अविजित रहे । 

Advertisement

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले ओभरमा ३५ दशमलब ३ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनायो । 

मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए ।  मूहम्मद हरिसानले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपालका लागि दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए । दीपेशले ६० बल बलिङ गरेकोमा ५३ बल डट राखेका थिए । 

आकाश चन्दले ४ दशमलब ३ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिएका थिए । आकाशले २७ बल बलिङ गरेकोमा २० बल डट राखेका थिए ।  मिलन बोहोराले ९ ओभरमा ८ रन खर्चिएर २ विकेट लिए । उनले ५४ बल बलिङ गरेकोमा ४८ बल डट राखेका थिए ।

सुवास भण्डारीले ९ ओभरमा ३२ रन खर्चिएर १ विकेट लिए । उनले ५४ बल बलिङ गरेकोमा ४० बल डट राखेका थिए। २०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली जितलाई निरन्तरता दिएको हो।  

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । अन्तिम खेलमा तथा निर्णायक खेलमा नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ। यस खेलमा जित हात पारे नेपाल २०१६ पछि पहिलो पटक विश्वकपमा पुग्नेछ । 

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।