November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाललाई लगातार तेस्रो सफलता

1.8K

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले नामिबियामाथि लगातार दोस्रो जितसमेत निकालेको छ ।

कीर्तिपुरस्थित त्रिविविको मैदानमा भएको खेलमा शनिबार नेपालले नामिबियामाथि ३ विकेटको जित निकालेको हो । श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले तथा दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो ।

Advertisement