April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिममा समावेश गराइएकोमा संसदमा उठ्यो आवाज

1.3K

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बलात्कार आरोपी राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दा उठाइएको छ । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सुमना श्रेष्ठले यति ठूलो मुद्दाका आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाएर क्रिकेट खेल्न दिनु दुर्भाग्य भएको बताएँदै ‘ एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधित्व बनाउन हाम्रो नैतिकताले कसरी दियो ?’ भनी प्रश्न गरिन् ।

उनले अगाडि भनिन्, ‘सन्दीप लामिछानेको मुद्दा हेरौं । त्यो कहिले छिनोफानो हुने हो । यतिका समय लाग्ने हो भने आरोपीको नाम सार्वजनिक किन गरियो । राष्ट्रको प्रतिनिधित्व गर्ने व्यक्तिको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला ?’

सांसद श्रेष्ठले थप भनिन्, ‘एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधित्व बनाउन हाम्रो नैतिकताले कसरी दियो रु यही प्रकरणमा पीडितहरुलाई झनै ठूलो मानसिक अवसादमा धकेल्ने जोखिम बढेको छ । आरोप लागेको व्यक्तिले राष्ट्रको प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला ?’

Advertisement