January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

रियल ला लिगाको शीर्ष स्थानमा

1.3K

एजेन्सी स्पेनिस क्लब रियल मड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति घरेलु मैदानमा सेल्टा भिगोलाई २–० ले पराजित गर्दै रियल पहिलो पटक लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रियलको जितमा लुकास भाजकेज र मार्कोस एसेन्सियोले एक एक गोल गरेका थिए ।

नेभेम्बर २१ देखि रियल मड्रिड ला लिगामा अपराजित छ । खेलको छैटौ मिनेटमा लुकास भाजकेजको गोलमा रियलले अग्रता बनाएको थियो । मार्को एसेन्सियोको क्रसमा लुकासले हेडमार्फत रियललाई अघि बढाएका थिए ।

क्यासमिरोको एसेन्सियोले दोस्रो हाफमा रियलको अग्रतालाई २–० मा पुर्याएका थिए । जित सहित शीर्ष स्थानको रियलले ३६ अंक बनाएको छ । दोस्रो स्थानको एट्लेटिकोको ३५ अंक छ । यद्धपी एट्लेटिकोले रियल भन्दा तीन खेल कम खेलेको छ ।

Advertisement

सेल्टा भियो २३ अंक सहित आठौं स्थानमा रहेको छ ।