November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

केपी ओली कपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने

1.6K

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । आयोजक राष्ट्रिय युवा संघ नेपालले आइतबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार पुलिस र सातदोबाटोबीच पहिलो खेल हुन लागेको हो ।

फागुन ११ गते एन्फा कम्प्लेक्समा हुने पुलिस र सातदोबाटोबीचको खेल ३ बजे सुरु हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली गरी ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुनेछ ।

Advertisement

आयोजकका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद र उपविजेताले ५ लाख नगद प्राप्त गर्न छन् ।