November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

खेल जीवनमा फर्किने तयारीकै बेला सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने माग

1.5K

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्द पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विहीबार निवेदन दर्ता भएको छ ।

नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पूर्पक्ष गर्नुपर्ने उल्लेख छ । लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित रू २० लाख नगद धरौटी वा बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको थियो । निवेदनमा लामिछानेले प्रमाण नष्ट गर्न सक्ने पनि आशङ्का व्यक्त गरिएको छ ।

तर यता, लामिछानेलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणको दोस्रो चरणमा २० खेलाडीलाई समेटेको छ । क्यानले बिहीबार सन्दीपसहित दोस्रो चरणको बन्द प्रशिक्षणमा समेटिएका २० खेलाडीको नाम सार्वजनिक गरेको हो । बलात्कार आरोपको मुद्दामा धरौटीमा रिहा भएका सन्दीपमाथिको निलम्बन क्यानले गएको मंगलबार फुकुवा गरेको थियो ।

Advertisement

यसअघि क्यानले बन्द प्रशिक्षणको पहिलो चरणमा २८ खेलाडीलाई बोलाएको थियो । नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृङ्खला फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ ।