November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बार्सिलोना सेमिफाइनलमा

1.6K

काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० ले हराएर बार्सिलोना अन्तिम चारमा पुगेको हो ।

बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।

डेम्बेलेले खेलको ५२ औं मिनेटमा गोल गरे । यस्तै खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो ।

Advertisement

यस्तै ओसासुनाले समेत सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

ओसासुनाले सेभियालाई अतिरिक्त समयमा २-१ ले हराएर अन्तिम चारको यात्रा तय गरेको हो ।