November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रोनाल्डोको डेब्युमा नसरको जित

1.6K

काठमाडौं ।  साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा नसरले इत्तिफागलाई १-० गोल अन्तरले हराएको हो । रोनाल्डोले लिगमा डेब्यु गरेको खेलमा नसरका लागि टालिस्काले निर्णायक गोल गरे ।

टालिस्काले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै नसरले १४ खेलमा ३३ अंक जोडेको छ ।

Advertisement

नसर शीर्ष स्थानमा रहेको छ । इत्तिफाग १६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।