February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

सन्दीप लामिछानेको परिवारले बुझायो २० लाख धरौटी

1.2K

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी बुझाएका छन् । बिहीबार उच्च अदालतले धरौटीमा रिहा गर्नका लागि आदेश दिएसँगै सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख रुपैयाँ धरौटी बुझाएका हुन् ।

धरौटी रकम बुझाएसँगै सन्दीप शुक्रबार छुट्ने निश्चित भएका छन् । उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले कारागारमै पुगेर सन्दीपलाई अदालतका शर्तबारे जानकारी गराएका छन् ।

धरौटी बुझाएसँगै अब केन्द्रीय कारागारमा सन्दीपलाई रिहाइ गर्न अदालतले पत्र पठाउने छ । त्यसपछि सन्दीपलाई तारिखका लागि अदालतमा उपस्थित गराइने छ र आवश्यक स्वास्थ्य परीक्षण पछि उनी छुट्नेछन् ।

Advertisement

उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो।

सन्दीपका कानुन व्यवसायी घिमिरेले रिहा भएपछि सन्दीप राष्ट्रिय टिममा फर्किने बताए । थुनामुक्त भएपछि क्यानले उनलाई स्वतः कप्तान फिर्ता गर्नुपर्ने घिमिरेले बताए ।