January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

कतार विश्वकपको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

1.4K

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो ।

अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।

Advertisement

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा आइतबार राति ८:४५ बजे सुरु हुनेछ । सन् २०१८ को विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो ।

उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराएको थियो ।

हालसम्म फ्रान्स र अर्जेन्टिनाले समान दुई पटक विश्वकपको उपाधि हात पारेका छन् । यस्तै विश्वकप अन्तर्गत नै मोरक्को र क्रोएसियाबीच शनिबार राति तेस्रो स्थानको लागि खेल हुनेछ ।