June 21, 2024, Friday
२०८१ असार ८
1:37:26 pm

कतार विश्वकपको सेमिफाइनल समीकरण पूरा

2K

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।

यस पटक साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया,अर्जेन्टिना र मोरक्कोले सेमिफाइनलमा स्थान बनाएका छन् ।

Advertisement

पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल मंगलबार राति हुनेछ ।

अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दा क्रोएसियाले ब्राजिललाई हराएको थियो ।

यस्तै दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।

मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदा फ्रान्सले इंग्ल्यान्डलाई हराएर अन्तिम चारको यात्रा तय गरेको हो ।