March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

कतार विश्वकपमा शुक्रबार रोमाञ्चक दुई खेल हुँदै

970

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वार्टरफाइनलका खेलहरु शुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

एजुकेसन सिटी स्टेडियममा हुने यो खेल राति ८ः४५ बजे शुरु हुनेछ । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । क्रोएसियाले राउन्ड अफ सिक्सटिनमा जापानलाई हराएको थियो ।

क्रोएसिया साविक उपविजेता हो । ब्राजिल भने कीर्तिमानी छैटौं पटक उपाधि जित्ने योजनामा छ । त्यसैले खेल शुक्रबार निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । लुका मोड्रिडकाले क्रोएसियाको कप्तानी गर्ने छन् भने थिअगो सिल्भाले ब्राजिलको कप्तानी सम्हाल्नेछन् ।

Advertisement