January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

कतार विश्वकप : प्रि-क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदै

1.8K

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेलहरु हुँदैछन् ।

मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी  स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

Advertisement

मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका हुन् ।

अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । प्रि-क्वाटरफाइनलको अन्तिम खेलको रुपमा रहेको यस खेल  राति १२:४५ बजे सुरु हुनेछ ।

लुसिल स्टेडियममा आज दुबै टोली पोर्चुगल र स्विट्जरल्यान्ड  जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा रहेको छ ।

पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।