November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ब्राजिलका चार मुख्य खेलाडी घाइते भएपछि आगामी प्रतियोगिता चुनौतीपूर्ण

3K

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको उपाधी दावेदार ब्राजिलका मुख्य खेलाडी घाइते भएका कारण आगामी खेलहरु सकसपूर्ण हुने भएको छ । चार खेलाडी हाल घाइते अवस्थामा छन् ।
मुख्य खेलाडी नेयमार घाइते भएर मैदानमा उत्रन नसकेको अवस्थामा थप २ खेलाडी पनि घाइते भएका छन्।

स्ट्राइकर ग्राबियल जिसस र डिफेन्डर एलेक्स टेसाल घाइते भएका हुन्। समूह चरणको अन्तिम खेलमा क्यारुनविरुद्ध मैदान उत्रदाँ उनीहरु घाइते भएका हुन्। उनीहरु दुबैले कतार विश्वकपका आगामी खेलहरु गुमाउने बताइएको छ।

यसअघि स्वीट्जरल्याण्डसँको खेलमा एलेक्स सान्द्रो पनि घाइते भएका थिए। उनी पनि फिट भइनसकेका जनाइएको छ। अब ब्राजिलले नकआउट चरणको पहिलो खेल एसियाली टिम दक्षिण कोरियासँग खेल्दैछ।

Advertisement