January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

कतार विश्वकप : आज चार खेल हुँदै

1.5K

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् ।

कतार विश्वकपमा मंगलबारबाट समूह चरण अन्तर्गतको अन्तिम चरणका खेलहरु सुरु हुनेछ ।   जसमा समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो दुई खेलमा समूह ‘ए’ मा रहेका ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार बीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । 

Advertisement

यस खेलहरुबाट समूह ‘ए’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।  दोस्रो दुई खेलमा समूह ‘बी’ मा रहेका ईरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डबीच खेल हुदैछ ।

दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ । 

यस खेलहरुबाट समूह ‘बी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।  एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।