March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

विश्वकप फुटबलमा सोमबार चार खेल : कुन खेल कति बजे ?

1.4K

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आज सोमबार चार खेल हुँदैछन् । समूह चरण अन्तर्गत समूह जी र एचका दोस्रो चरणका दुई दुई खेलहरु हुन लागेका हुन् ।

पहिलो खेलमा समूह जी मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । यसअघि सर्बिया ब्रजिलसँग २–० ले तथा क्यामरुन स्वीट्जरल्याण्डसँग १–० ले पराजित भएको थियो । राउन्ड अफ सिक्सटिनमा पुग्ने सम्भावना जिवितै राख्न दुवै टिमलाई कम्तीमा बराबरी गर्नुपर्ने अवस्था छ ।

क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा छन् । खेल दिउँसो ३ः४५ बजे अल जानौबी स्टेडियममा हुँदैछ । ब्राजिल र स्वीट्जरल्याण्ड पनि आजै भिड्दै छन् । खेल राति ९ः४५ बजे स्टेडियम ९७४ शुरु हुनेछ ।

Advertisement

त्यस्तै समूह एचको खेलमा दक्षिण कोरिया र घाना खेल्दैछन् । दुवै टिम पहिलो जितको खोजीमा छन् । घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ को अन्तरले पराजित भएको हो ।

दक्षिण कोरियाले उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो । घाना र दक्षिण कोरिया पहिलो जित निकाल्न साँझ ६ः४५ बजे एजुकेशन सिटी स्टेडियममा खेल्ने छन् ।

सोही समूहको अर्को खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । खेल राति १२ः४५ बजे शुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ ।