March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

फिफा विश्वकप: पोल्याण्डको पहिलो जित

1.3K

काठमाडौं । पोल्याण्डले कतारमा जारी फिफा विश्वकपमा पहिलो जित हात पारेको छ । पोल्याण्डले पहिलो जित हात पार्ने क्रममा साउदी अरबलाई २-० गोल अन्तरले पराजित गरेको छ । 

एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डको जितमा ३९ औं मिनेटमा प्रिटो जिलेन्स्कीले गोल गरेकामा ८२ औ मिनेटमा कप्तान रोर्बट लेभान्डोस्किले दोस्रो गोल गरेका थिए । 

पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्याण्डले दोस्रो खेलमा जित हात पारेको हो । बलियो मानिएको अर्जेन्टिनालाई पहिलो खेलमा पराजित गरेको साउदीको भने यो पहिलो हार हो । 

Advertisement

पहिलो जित हात पारेको पोल्याण्ड समूह ‘सी’ को शीर्ष स्थानमा रहँदा हारका बाबजुत साउदी दोस्रो स्थानमा रहेको छ । आज नै यस समूहका अर्जेन्टिना तथा मेक्सिकोबीचमा खेल हुदैछ ।