February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

विश्वकप फुटबलमा इंग्ल्यान्डको सानदार सुरुवात, इरानमाथि ६ गोल

1.7K

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को उपाधि दावेदार मानिएको इंग्ल्यान्डले सानदार सुरुवात गरेको छ । खलिफा रंगशालामा भएको खेलमा इरानलाई ६–२ ले पराजित गरेको छ ।

पहिलो हाफमा नै तीन गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा २ गोल थपेको थियो । इरानले खेलको अधिकांश समय डिफेन्समा व्यस्त रहेपनि काउन्टर अट्याकमा प्राप्त एक अवसरलाई भने गोलमा परिणत गर्यो ।

इंग्ल्यान्डका बुकायो साकाले २ तथा जुड बेलिङघम, रहिम स्टर्लिङ, ज्याक ग्रिलिस र मार्कस रासफर्डले १(१ गोल गरे । इरानका लागि मेहदी तारेमीले गरेको दुवै गोल सान्त्वना सावित भयो । चोटका कारण भने इरानले २० औं मिनेटमा नै गोलरक्षक परिवर्तन गर्नुपरेको थियो ।

Advertisement