काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवाले कप्तान पौडेललाई बधाइ दिएका हुन् ।
‘नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त हुनु भएकोमा रोहित पौडेलजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’, प्रधानमन्त्री देउवाले फेसबुकमा लेखेका छन् ।
रोहितको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता हासिल गर्ने देउवाले बताए ।
बलात्कार अभियोगपछि सन्दीप लामिछाने निलम्बनमा परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार रोहितकुमार पौडेललाई कप्तान नियुक्त गरेको हो ।