April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

यू-१५ महिला साफ च्याम्पियनसिप: आज नेपाल र भुटान भिड्दै  

२०७९ कार्तिक १७

1.5K

काठमाडौं । बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार भुटानको सामना गर्दैछ ।

ढाकामा नेपालले पहिलो खेलको रुपमा भुटानको सामना गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

नेपाल आज भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ । नेपाली टोली उपाधि जित्ने योजनासहित ढाका पुगेको छ ।

Advertisement

भुटान पनि पहिलो जितको खोजीमा रहेको छ ।  मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।

यस्तै नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५,  भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा पुन: बंगलादेशसँग खेल्नेछ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।