November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

यू-१५ महिला साफ च्याम्पियनसिप ढाकामा सुरु हुँदै

२०७९ कार्तिक १५

2K

काठमाडौं । बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिप भोलि अाजबाट ढाकामा सुरु हुँदैछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली ढाका पुगिसकेका छन् । र, नेपाली टोली उपाधि उचाल्ने योजनामा छन् । नेपालले बिहीबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्रतियोगिताको पुर्वसन्ध्यामा सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले उपाधिका लागि तयार भएको प्रतिक्रिया दिएकी छिन् ।

Advertisement

‘प्रतियोगितामा सहभागिता जनाउन पाउँदा हामी खुशी छौँ । हामी लडाईका लागि तयार छौँ र उत्साहित छौँ,’ मगरले भनिन्, ‘हामी जित निकाल्छौं । सबै टोली प्रतिस्पर्धात्मक छन् । हामी शारीरिक र मानसिक रुपमा तयार छौँ । हामीले ४ हप्ता तयारी गरेका छौँ ।’

मुख्य प्रशिक्षक मगरले नेपाली खेलाडीले पहिलो पटक अन्तराष्ट्रिय खेल खेलिरहेको र  गर्मी मौषमले टोलीलाई केहि कठिन हुने बताईन् ।

‘सबै खेलाडीले पहिलो अन्तराष्ट्रिय खेल खेल्न गईरहेका छन् । हामीलाई गर्मी मौषमले कठिन बनाउने छ,’ उनले भनिन्।

No description available.

यस्तै कप्तान दिपा रोकायाले आफुहरु उपाधि जित्न ढाका आएको बताईन् ।

‘मलाई निकै खुशी लागेको छ । किनकी म यस प्रतियोगितामा संग्लग्न छु । यस प्रतियोगिता जित्नका लागि खेल्न पाउदा खुशी छौँ । हामी यहाँ जित्नका लागि छौँ,’ उनले भनिन् ।

No description available.

 यस्तै नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५,  भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा पुन: बंगलादेशसँग खेल्नेछ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।