November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

हालान्ड चम्किदा सिटी बिजयी

1.6K

काठमाडौं ।  स्टार फरवार्ड एर्लिंग हालान्डले दुई गोल गरेपछि ङ्गलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

घरेलु मैदान इतिहाद रंगशालामा शनिबार भएको खेलमा ब्राइटनलाई ३-१ ले हराउँदै सिटीले अंक तालिकामा आर्सनलसँगको दुरी घटाएको छ । 

खेलको २२ औं मिनेटमा हालान्डले पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाए । ब्राइटनका डिफेन्डर बेन डंकले पेनाल्टी बक्समा बेर्नाड़ो सिल्भालाई लडाएपपछि रेफ्रीले सिटीलाई पेनाल्टी दिएका थिए ।

Advertisement

४३ औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । यस गोलसँगै हालान्डले म्यानचेस्टर सिटीको लागि १४ खेलमा  गोल संख्या २० पुर्याएका छन् ।

एर्लिङ हालान्डले ब्राइटनविरुद्ध दुई पटक गोल गरेपछि प्रिमियर लिगका ११ खेलमा मात्र १७ गोल गरेका छन् ।

दोस्रो हाफमा ब्राइटनका लागि ट्रोसार्डले गोल गरेर खेलमा २-१ को स्थिति बनाएका थिए । तर ७५ औं मिनेटमा केभिन डी ब्रुएनाले उत्कृष्ट गोल गरेपछि सिटीको जित सुनिश्चित भएको हो । 

यस जितसंगै म्यानचेस्टर सिटि ११ खेलबाट २६ अंक जोडेर तालिकाको दोश्रो स्थानमा छ । तालिकाको शिर्ष स्थानमा रहेको आर्सनलको २७ अंक रहेको छ ।